थप १६६९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २ लाख २० हजार नाघ्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा आज थप १६६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप १६६९ जना नयाँ संक्रमित थपिएका हुन्। योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख २० हजार ३०८ पुगेको छ । यी मध्ये १ लाख ९९ हजार २४ जना संक्रमित निको भइसकेको मन्त्रालयले जनाएको छ । आज मात्रै ५ हजार ६९९ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्।
यसैगरी पछिल्लो २४ घण्टामा थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज भएका मृतकसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १३ सय २१ पुगेको छ । हाल देशभर १९ हजार ९६३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण