कोरोना संक्रमण भएर अस्पताल भर्ना भएका वरिष्ठ सर्जन डा ध्रुव शर्मा मुडभरीको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : वरिष्ठ सर्जन डा ध्रुव शर्मा मुडभरीको आज मृत्यु भएको छ । कोरोना संक्रमणमा परी चाबहिलस्थित ओम अस्पतालमा भर्ना भएका उनको आज दिउँसो मृत्यु भएको अस्पतालले जनाएको छ ।
दुई साताअघि कोरोना संक्रमणमा परेका उनको स्वास्थ्य अवस्था सुधार भएपछि अस्पतालबाट डिस्चार्ज भएका थिए । तर पुन: समस्या आएपछि अस्पतालमा भर्ना गरेर राखिएकोमा आज उपचारकै क्रममा मृत्यु भएको जनाइएको छ ।
नेपालमा शल्य चिकित्सा शुरु र विस्तार गर्न महत्वपूर्ण योगदान दिएका उनको मृत्युले सम्पूर्ण चिकित्सा क्षेत्रमा क्षति पुगेको बताउँछन् वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा भोला रिजाल । डा मुडभरी ओम अस्पतालका संस्थापक सदस्य समेत हुन्।
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने