थप १६७४ जनामा कोरोना संक्रमण, २३२३ जना संक्रमणमुक्त
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा शनिबार थप १६७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप १६७४ जनामा कोरोना देखिएको हो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख १८ हजार ६३९ पुगेको छ । यी मध्ये १ लाख ९३ हजार ३२५ संक्रमित निको भएर घर फर्किसकेका छन्। यसैगरी देशभर सक्रिय संक्रमितको संख्या २४ हजार ९ रहेको मन्त्रालयले जनाएको छ । उता गत २४ घण्टामा २३ सय २३ संक्रमित संक्रमणमुक्त भएका छन्।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ जना कोरोना संक्रमितको मृत्यु भएसँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ सय ५ पुगेको छ ।
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा