सुशील कोइराला क्यान्सर अस्पतालमा शल्यक्रिया सेवा शुरु
हेल्थ टिभी अनलाइन \बाँके : बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा शुक्रबारदेखि क्यान्सरको शल्यक्रिया सेवा सुरु गरिएको छ । संघीय सांसद नन्दलाल रोकायले सो सेवाको एक कार्यक्रमका बीच शुरुवात गरेका हुन्।
अस्पतालका कार्यकारी निर्देशक डा कृष्णप्रसाद आचार्यले शल्यक्रिया सेवा सुरु पछि अब जटिल प्रकारका शल्यक्रिया समेत सञ्चालन गर्ने योजना रहेको जनाए । स्तन क्यान्सर भएकी महिलाको शल्यक्रिया गरी सेवा शुरु गरिएको थियो ।
कार्यक्रममा खजुरा गाउँपालिकाका अध्यक्ष तथा अस्पतालका संस्थापक अध्यक्ष किस्मतकुमार कक्षपतिले १५ वर्ष अघि जनताको प्रत्यक्ष सहभागितामा निर्माण गरिएको क्यान्सर अस्पतालको सेवा बिस्तार हुनु सबैको खुशीको कुरा भएको बताए ।
यसअघि अस्पतालमा किमो लगायतका सेवा शुरु गरिएको भए पनि शल्यक्रिया भने शुरु भएको थिएन ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित