कोरोना परीक्षण नगरी हुम्ला पुगेका स्वास्थ्यकर्मी प्रहरी नियन्त्रणमा
हेल्थ टिभी अनलाइन \ हुम्ला : हुम्लामा कोरोना भए नभएको जानकारी दिने पीसीआर परीक्ष्ण नगरी आएको भन्दै प्रहरीले २ जना स्वास्थ्यकर्मीलाई नियन्त्रणमा लिएको छ । हुम्लामा कोरोनाको संक्रमण बढिरहेको बेला पीसीआर परीक्षण नै नगरी सिमकोट आएका उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
कालिकोट र जाजरकोट स्थायी घर भएका उनीहरु पीसीआर परीक्षण नगरी जिल्ला भित्रिएपछि जिल्लामा कोरोना भाइरसको संक्रमण बढ्न सक्ने भन्दै प्रहरीले नियन्त्रणमा लिएको हो ।
सिमकोट विमानस्थलमा स्थापना गरिएको हेल्थ डेस्कमा जाँचका क्रममा पीसीआर रिपोर्ट माग्दा नदिएपछि पीसीआर नगरी आएको थाहा हुने बित्तिकै विमानस्थल सुरक्षाका लागि खटिएको प्रहरीले विमानस्थलबाटै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय स्रोतले जनाएको छ ।
नियन्त्रणमा लिइएका दुवैलाई अहिले सिमकोट गाउँपालिकाको सिमसारमा रहेको शिल्पकला भवनमा राखिएको छ । आज उनीहरुको कोरोना परीक्षण गरिने स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।
परीक्षण पश्चात नेगेटिभ आए गन्तव्यमा पठाउने र पोजेटिभ आए स्वास्थ्यकर्मीको निगरानीमा आइसोलेसनमा राखिने जनाइएको छ ।
रासस
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा