काठमाडौं उपत्यकामा थपिए १२२९ जना संक्रमित
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १२२९ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौं उपत्यकामा ५१३ महिला र ७१६ जना पुरुष गरी १२२९ जना संक्रमित थपिएका हुन्। पछिल्लो २४ घण्टामा २१०३ जना नयाँ संक्रमित थपिंदा उपत्यकामा आधा भन्दा बढी संक्रमित थपिएका हुन्।
यसैगरी हाल काठमाडौंमा मात्रै १२ हजार ४४१ जना सक्रिय संक्रमित रहेका छन्। त्यसैगरी भक्तपुरमा ९८९ र ललितपुरमा २२ सय ४४ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । देशभर भने २८ हजार १०६ सक्रिय संक्रमित छन्।
उता हालसम्म काठमाडौंका ३१२, भक्तपुरका ८१ र ललितपुरका ८९ जना संक्रमितको मृत्यु भइसकेको छ ।
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स