गण्डकी प्रदेशमा आज थप ३ जना कोरोना संक्रमितको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : गण्डकी प्रदेशमा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज बिहान विज्ञप्ति जारी गर्दै थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको जनाएको हो ।
कास्की जिल्ला पोखरा महानगरपालिकाकी ७५ वर्षीया संक्रमित महिलाको आज बिहिबार बिहान ३ : ४५ बजे गण्डकी मेडिकल कलेजमा मृत्यु भएको हो । यसैगरी कास्की पोखरा महानगर ९ की ८५ वर्षीया संक्रमित महिलाको पनि उपचारकै क्रममा फिस्टेल अस्पतालमा आज बिहान मृत्यु भएको निर्देशनालयले जनाएको छ ।
उता लमजुङ बेशीशहरका ७१ वर्षीय कोरोना संक्रमित पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुधबार राती मृत्यु भएको जनाइएको छ । योसँगै आज गण्डकी प्रदेशमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण