अमेरिकामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या साढे २ लाख नाघ्यो
हेल्थ टिभी अनलाइन : अमेरिकामा हालसम्म कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या साढे २ लाख नाघेको छ । वर्ल्डोमिटरका अनुसार बिहिबारसम्म अमेरिकामा २ लाख ५६ हजार २५४ जनाको कोरोनाबाट मृत्यु भइसकेको बताइएको छ ।
यसैगरी हालसम्म अमेरिकामा १ करोड १८ लाख बढी मानिसमा कोरोना संक्रमण पुष्टि भएको पनि वर्ल्डोमिटरले जनाएको छ । गत वर्षको डिसेम्बरमा चीनबाट शुरु भएको कोरोना भाइरसको सबैभन्दा बढी चपेटामा अमेरिका नै परेको देखिन्छ । विश्वमै कोरोना संक्रमितको संख्या र मृत्यु हुने पनि अमेरिकामा नै धेरै रहेका छन्। अमेरिकापछि भारतमा धेरै संक्रमित रहेका छन्।
भारतमा हालसम्म ८९ लाख ५८ हजार ४८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ लाख ३१ हजार ६१८ जनाको मृत्यु भएको छ ।
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’