पोखरामा उपचाररत स्याङ्जाका ४६ वर्षीय कोरोना संक्रमितको मृत्यु
हेल्थ टिभी अनलाइन \पोखरा : पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत थप एक जना कोरोना संक्रमितको आज मृत्यु भएको छ ।
स्याङ्जा पुतलीबजार १३ का ४६ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । उनको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।
कार्तिक २५ गते कोरोना संक्रमण पुष्टि भएका उनलाई त्यसपछि अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्य अवस्था खराब हुँदै गएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको भए पनि उनलाई कोरोना भाइरसको संक्रमणका कारण कडा निमोनिया देखिएको र त्यसबाट मृत्यु भएको जनाइएको छ ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२७ पुगेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण