न्याम्सको उपकुलपतिका लागि ६ प्रतिस्पर्धी छानिए

काठमाडौं : चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपतिका लागि ६ जनाको नाम छनोट भएको छ। स्वास्थ्यमन्त्री उपेन्द्र यादवको संयोजकत्वमा गठन भएकाे सर्च कमिटीले मंगलबार ६ जनाको नाम छनाेट गरेको हो।
अावेदन दिएका २२ जनामध्येबाट डा. विधाननिधि पौडेल, डा. ढुण्डीराज पौडेल, डा, देवनारायण शाह, डा. विश्वनाथ यादव, डा. अजित रायमाझी र डा. गेहनाथ बराल छानिएका हुन्।
मन्त्रालयले गत साउन २९ गते उपकुलपतिका लागि आवेदन दिन १५ दिने सूचना जारी गरेको थियो। समितिले प्रारम्भिक छनोटमा परेका ६ जनालाई भदौ ३१ गते कार्ययोजना प्रस्तुतिका लागि बोलाउने निर्णय गरेको समितिका सदस्य डा. सुशीलनाथ प्याकुरेलले जानकारी दिए।
उनीहरूकाे प्रस्तुतिको आधारमा तीन जनाको नाम प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्रीसमक्ष पठाउने समितिका सदस्य प्याकुरेलले बताए ।
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने