न्याम्सको उपकुलपतिका लागि ६ प्रतिस्पर्धी छानिए
काठमाडौं : चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपतिका लागि ६ जनाको नाम छनोट भएको छ। स्वास्थ्यमन्त्री उपेन्द्र यादवको संयोजकत्वमा गठन भएकाे सर्च कमिटीले मंगलबार ६ जनाको नाम छनाेट गरेको हो।
अावेदन दिएका २२ जनामध्येबाट डा. विधाननिधि पौडेल, डा. ढुण्डीराज पौडेल, डा, देवनारायण शाह, डा. विश्वनाथ यादव, डा. अजित रायमाझी र डा. गेहनाथ बराल छानिएका हुन्।
मन्त्रालयले गत साउन २९ गते उपकुलपतिका लागि आवेदन दिन १५ दिने सूचना जारी गरेको थियो। समितिले प्रारम्भिक छनोटमा परेका ६ जनालाई भदौ ३१ गते कार्ययोजना प्रस्तुतिका लागि बोलाउने निर्णय गरेको समितिका सदस्य डा. सुशीलनाथ प्याकुरेलले जानकारी दिए।
उनीहरूकाे प्रस्तुतिको आधारमा तीन जनाको नाम प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्रीसमक्ष पठाउने समितिका सदस्य प्याकुरेलले बताए ।




किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण