नेपालमा १६ लाख बढी पीसीआर परीक्षण : २ लाख मानिसमा कोरोना पुष्टि
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना (कोभिड -१९ को) आशंकामा हालसम्म १६ लाख बढी मानिसको पीसीआर परीक्षण भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार आइतबारसम्म नेपालमा देशभर रहेका ७६ वटा प्रयोगशालामा १६ लाख ९ हजार ७९ जनाको पीसीआर परीक्षण भएको हो । यी मध्ये हालसम्म २ लाख ९ हजार ७७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार कुल संक्रमितमध्ये १ लाख ७३ हजार ४३० जना संक्रमणमुक्त भइसकेका छन् । यसैगरी हाल देशभर ३५ हजार १२५ जना सक्रिय संक्रमित रहेको र उनीहरु होम आइसोलेसन र संस्थागत आइसोलसनमा रहेको पनि मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोना संक्रमण भएकाहरुबाट निको हुने दर ८२ दशमलब ७ प्रतिशत रहेको छ भने मृत्यु दर शुन्य दशमलब ६ प्रतिशत रहेको छ । मन्त्रालयका अनुसार नेपालमा महिला भन्दा बढी पुरुष संक्रमित धेरै रहेका छन्। महिलाको संक्रमण प्रतिशत जम्मा ३४ रहेको छ भने पुरुषहरुको ६६ रहेको छ ।
नेपालमा हालसम्म १२ सय २१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’