आज धन्वन्तरी जयन्ती, आरोग्य दिवस मनाइँदै
हेल्थ टिभी अनलाइन \काठमाडौं : जडिबुटीमा आधारित प्राचीनतम वैदिक चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरी उत्पत्ति भएको सम्झना गरी धन्वन्तरी जयन्ती मनाउने गरिन्छ । यसपटकको धन्वन्तरी दिवसको नारा ‘गुणस्तरीय आयुर्वेद सेवाका लागि गुणस्तरीय आयुर्वेद औषधि’ भन्ने रहेको छ । नेपालमा विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ ।
हातमा वैदिक हिन्दू दर्शनका चार उपवेदमध्येको आयुर्वेदको पुस्तक र प्रकृतिले दिएको औषधिको प्रतीकका रूपमा जडिबुटी लिएका धन्वन्तरीलाई आयुर्वेद चिकित्सा क्षेत्रका संस्थापक मानिन्छ।
देव र असुर मिली नागको नेती र मन्दराचल पर्वतको मदानी बनाई समुद्र मन्थन गर्दा रोगग्रस्त व्यक्तिको रोग निवारणका लागि अमृत कलश लिएर भगवान् धन्वन्तरी कार्तिक कृष्ण त्रयोदशीका दिन उत्पत्ति भएको पौराणिक ग्रन्थमा गरिएको छ। यो दिनलाई आयुर्वेद चिकित्सकहरूले सत्सङ्कल्प गरी शुभकार्य प्रारम्भ गर्ने अवसरका रूपमा लिन्छन्।
काठमाडौंको नरदेवीमा आयुर्वेद क्याम्पस स्थापना भएपछि नेपालमा विधिवत् धन्वन्तरी जयन्ती मनाउन थालिएको बताइन्छ। आयुर्वेद क्षेत्रका व्यक्तिहरूको पहलमा वि.सं. २०५६ देखि धन्वन्तरी जयन्तीलाई आरोग्य दिवसका रूपमा पनि मनाउन थालिएको छ।
कोरोना महामारीका कारण आयुर्वेदको महत्व अझै बढेको पाइन्छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण