३८२ जना संक्रमित आईसीयूमा र ९५ जना भेन्टिलेटरमा (कुन प्रदेशमा कति)
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा बुधबारसम्म ३८२ जना कोरोना संक्रमित आईसीयूमा रहेका छन्। त्यसैगरी भेन्टिलेटरमा ९५ जना संक्रमितको उपचार भइरहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार हाल देशभरका विभिन्न अस्पतालका आईसीयूमा ३८२ जना र भेन्टिलेटरमा ९५ जना संक्रमित रहेका छन्।
मन्त्रालयका अनुसार पछिल्लो समय कडा लक्षणसहितका कोरोना संक्रमित बढेपछि आईसीयूमा उपचार गर्नुपर्ने बिरामी समेत बढिरहेका छन्। देशभर आईसीयूमा रहने संक्रमितको संख्या काठमाडौंमा सबैभन्दा धेरै रहेका छन्।
प्रदेश १ मा ४६ जना संक्रमित आईसीयूमा र १६ जना भेन्टिलेटरमा रहेका छन्। यसैगरी प्रदेश २ मा १२ जना आईसीयूमा र २ जनाको भेन्टिलेटरको सहायतामा उपचार भइहरेको छ । उता बाग्मतीमा सबैभन्दा धेरै १७१ जना आइसीयूमा र ६० जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
गण्डकी प्रदेशमा ६९ जना आईसीयूमा र ११ जना भेन्टिलेटरमा छन्। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा क्रमस ६१, ८ र १५ जनाको आइसीयूमा उपचार भइरहेको छ भने भेन्टिलेटरमा कोही पनि छैनन्।
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’