Health TV Online
Health TV Online
Health TV Online

३८२ जना संक्रमित आईसीयूमा र ९५ जना भेन्टिलेटरमा (कुन प्रदेशमा कति)

३८२ जना संक्रमित आईसीयूमा र ९५ जना भेन्टिलेटरमा (कुन प्रदेशमा कति)

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा बुधबारसम्म ३८२ जना कोरोना संक्रमित आईसीयूमा रहेका छन्। त्यसैगरी भेन्टिलेटरमा ९५ जना संक्रमितको उपचार भइरहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार हाल देशभरका विभिन्न अस्पतालका आईसीयूमा ३८२ जना र भेन्टिलेटरमा ९५ जना संक्रमित रहेका छन्।
मन्त्रालयका अनुसार पछिल्लो समय कडा लक्षणसहितका कोरोना संक्रमित बढेपछि आईसीयूमा उपचार गर्नुपर्ने बिरामी समेत बढिरहेका छन्। देशभर आईसीयूमा रहने संक्रमितको संख्या काठमाडौंमा सबैभन्दा धेरै रहेका छन्।

प्रदेश १ मा ४६ जना संक्रमित आईसीयूमा र १६ जना भेन्टिलेटरमा रहेका छन्। यसैगरी प्रदेश २ मा १२ जना आईसीयूमा र २ जनाको भेन्टिलेटरको सहायतामा उपचार भइहरेको छ । उता बाग्मतीमा सबैभन्दा धेरै १७१ जना आइसीयूमा र ६० जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

गण्डकी प्रदेशमा ६९ जना आईसीयूमा र ११ जना भेन्टिलेटरमा छन्। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा क्रमस ६१, ८ र १५ जनाको आइसीयूमा उपचार भइरहेको छ भने भेन्टिलेटरमा कोही पनि छैनन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना