नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नाघ्यो

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबारसम्म कुल कोरोना संक्रमितको संख्या २ लाख २ हजार ३२९ पुगेको हो ।
आज थप २५६९ जना संक्रमित थपिएसँगै कुल कोरोना संक्रमितको संख्या २ लाख नाघेको हो । यसैगरी आज थप २६ जना कोरोना संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ सय ७४ पुगेको छ ।
उता पछिल्लो २४ घण्टामा देशभर थप १६ सय ६६ जना कोरोना संक्रमणमुक्त भएका छन्। हालसम्म नेपालमा १ लाख ६२ हजार २४३ जनाले कोरोना जितेका छन्। मन्त्रालयका अनुसार हाल देशभर ३८ हजार ९१२ सक्रिय संक्रमित रहेका छन्। जो विभिन्न अस्पताल र आइसोलेसनमा रहेका छन्।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा