दाङकी २० वर्षीया सुत्केरीको कोरोना संक्रमणबाट मृत्यु

हेल्थ टिभी अनलाइन \बाँके : बाँकेमा उपचाररत ५ दिनकी सुत्केरीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
तुलसीपुर उप महानगरपालिका १० दाङ निवासी २० वर्षीया सुत्केरीको कोरोना संक्रमणका कारण बाँकेको नेपालगंज मेडिकल कलेज कोहलपुरमा आज मृत्यु भएको हो । जिल्ला कोभिड -१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार कार्तिक १६ गते सुत्केरी व्यथा लागेर दाङबाट नेपालगंज मेडिकल कलेज कोहलपुरमा ल्याइएकोमा १७ गते उनले बच्चा जन्माएकी थिइन्।
बच्चा जन्माएपछि श्वासप्रश्वासमा समस्या आएपछि कोरोनाको आशंकामा उनको पीसीआर परीक्षण गरिएकोमा १८ गते रिपोर्ट पोजेटिभ आएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जनाएका छन्। कोरोना संक्रमण पुष्टि भएपछि कोभिड आइसीयूमा राखेर उपचार भइरहेकोमा उनको आज दिउँसो ३ :२० बजे उपचारको क्रममा मृत्यु भएको हो ।
योसँगै उपचारका लागि बाहिरी जिल्लाबाट बाँके आएर ज्यान गुमाउने संक्रमितहरुको संख्या २५ पुगेको छ ।
यसभन्दा अघि पनि धुलिखेल अस्पतालमा सिन्धुपाल्चोक बाह्रबिसे–९ की २९ वर्षीया सुत्केरीको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा