Health TV Online
Health TV Online
Health TV Online

आज एकै दिन ४५०० संक्रमित निको भए

आज एकै दिन ४५०० संक्रमित निको भए

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा गत २४ घण्टामा ४५ सय कोरोना संक्रमित निको भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभरका ४५ सय संक्रमित संक्रमणमुक्त भएका हुन्।

योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणमा परी यसलाई जित्नेको संख्या १ लाख ५२ हजार ९०८ पुगेको छ । मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमण भई निको हुने दर ८१ प्रतिशत रहेको छ ।

आज देशभर २९०९ जना कोरोना संक्रमित थपिएर कुल कोरोना संक्रमितको संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ । नेपालमा हालसम्म १ हजार ७० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना