आज एकै दिन ४५०० संक्रमित निको भए
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा गत २४ घण्टामा ४५ सय कोरोना संक्रमित निको भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभरका ४५ सय संक्रमित संक्रमणमुक्त भएका हुन्।
योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणमा परी यसलाई जित्नेको संख्या १ लाख ५२ हजार ९०८ पुगेको छ । मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमण भई निको हुने दर ८१ प्रतिशत रहेको छ ।
आज देशभर २९०९ जना कोरोना संक्रमित थपिएर कुल कोरोना संक्रमितको संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ । नेपालमा हालसम्म १ हजार ७० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित