२४ घण्टामा थप २९०९ जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप २९०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २९०९ जनामा कोरोना संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ । उता आज १८ जना कोरोना संक्रमितको मृत्यु भएसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७० पुगेको छ ।
उता आज ४५ सय कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। योसँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख ५२ हजार ९०८ पुगेको मन्त्रालयले जनाएको छ ।
हाल देशभर ३४ हजार ८०५ जना सक्रिय संक्रमित रहेका छन् भने १२ सय ५४ जना क्वारेन्टाइनमा रहेका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण