२४ घण्टामा थप २९०९ जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप २९०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २९०९ जनामा कोरोना संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ । उता आज १८ जना कोरोना संक्रमितको मृत्यु भएसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७० पुगेको छ ।
उता आज ४५ सय कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। योसँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख ५२ हजार ९०८ पुगेको मन्त्रालयले जनाएको छ ।
हाल देशभर ३४ हजार ८०५ जना सक्रिय संक्रमित रहेका छन् भने १२ सय ५४ जना क्वारेन्टाइनमा रहेका छन्।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा