पोखरामा १ महिने शिशुसहित थप ४ जना संक्रमितको मृत्यु
हेल्थ टिभी अनलाइन \पोखरा : गण्डकी प्रदेशमा १ महिने शिशुसहित आज थप ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
गण्डकी मेडिकल कलेज र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत ४ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रतिष्ठानमा तीन र गण्डकी मेडिकल कलेजमा एकजना संक्रमितको उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा पोखरा महानगरपालिकाका एक महिने शिशुसहित तीन र बाग्लुङको जैमिनी नगरपालिकाका एकजना २९ वर्षीय पुरुष रहेको निर्देशनालयले जनाएको छ ।
योसँगै गण्डकीमा आजसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय पुगेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण