Health TV Online
Health TV Online
Health TV Online

गैर आवासीय नेपाली संघले स्वास्थ्य मन्त्रालयलाई दियो १ करोड बराबरको स्वास्थ्य सामग्री

गैर आवासीय नेपाली संघले स्वास्थ्य मन्त्रालयलाई दियो १ करोड बराबरको स्वास्थ्य सामग्री

हेल्थ टिभी अनलाइन \काठमाडौं : गैर आवासीय नेपाली संघले १० हजार थान एन्टिजिन टेस्ट किट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेको छ । शुक्रबार मन्त्रालयमा पुगेर संघका उपाध्यक्ष बद्री केसीले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतलाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन्। यसको मूल्य १ करोड भन्दा बढी रहेको बताइएको छ।

स्वास्थ्य मन्त्रालयमा आयोजित सामाग्री हस्तान्तरण कार्यक्रमलाई सम्वोधन गर्दै स्वास्थ्य राज्यमन्त्री रावतले विदेशमा रहेर नेपाल र नेपालीप्रति देखाएको सहयोगी भावनाको प्रशंसा गरे । उनले यो महामारीका बेला संघले सहयोग गरेकोमा धन्यवाद समेत दिए ।

हस्तान्तरण कार्यक्रमलाई सम्वोधन गर्दै एनआरएनए उपाध्यक्ष केसीले संघले विश्वव्यापी कोरोना संक्रमण सुरु भए देखि नै विदेशमा रहेका नेपालीहरुले स्वास्थ्य सामग्री सहयोग गरेको चर्चा गरे । विदेशमा नेपालीको अवस्था र उनीहरुले भोगिरहेको समस्याबारे प्रष्ट पार्दै उनले करिब १ करोड २० लाख रुपैयाँका ती स्वास्थ्य सम्वन्धी सामग्री जुटाउन सहयोग गर्ने जापानवासी नेपालीप्रति आभार व्यक्त गरेका थिए ।

कार्यक्रममा गैरआवासीय नेपाली संघका केन्द्रीय पार्षद कपिलदेव थापाले आफ्नो पहलमा केही भए पनि स्वास्थ्य सम्वन्धी सामग्री नेपाललाई जुटाउन सकेकोमा प्रसन्नता प्रकट गरे । थापाले यसअघि जापान सरकारले गरेको प्रतिबद्धता अनुसार थप स्वास्थ्य सम्वन्धी सामग्री नेपाल भित्राउन पहल गरिने जानकारी समेत दिए । यसअघि थापाकै पहलमा संघले नेपाल सरकारलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको थियो ।

कार्यक्रमको संचालन गैरआवासीय नेपाली संघ कोभिड १९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले गरेका थिए ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना