थप ३ हजार ५१ जनामा कोरोना संक्रमण पुष्टि
२४ घण्टामा ३४३० जना संक्रमणमुक्त

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप ३ हजार ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ८५ हजार ९७४ पुगेको छ । यसैगरी गत २४ घण्टामा ३४ सय ३० जना संक्रमित संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या १ लाख ४८ हजार ४०८ पुगेको छ ।
मन्त्रालयका अनुसार आज देशभर १८ जना कोरोना संक्रमितको मृत्यु भएसँगै कोरोना भाइरसको संक्रमणका कारण १ हजार ५२ जनाले ज्यान गुमाइसकेका छन्। हाल देशभर ३६ हजार ५१४ जना सक्रिय संक्रमित रहेका छन् ।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा