थप ३ हजार ५१ जनामा कोरोना संक्रमण पुष्टि
२४ घण्टामा ३४३० जना संक्रमणमुक्त
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप ३ हजार ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ८५ हजार ९७४ पुगेको छ । यसैगरी गत २४ घण्टामा ३४ सय ३० जना संक्रमित संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या १ लाख ४८ हजार ४०८ पुगेको छ ।
मन्त्रालयका अनुसार आज देशभर १८ जना कोरोना संक्रमितको मृत्यु भएसँगै कोरोना भाइरसको संक्रमणका कारण १ हजार ५२ जनाले ज्यान गुमाइसकेका छन्। हाल देशभर ३६ हजार ५१४ जना सक्रिय संक्रमित रहेका छन् ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण