गण्डकी प्रदेशमा थप १३६ जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \पोखरा : गण्डकी प्रदेशमा थप १३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले आज ४ पटकसम्म विज्ञप्ति जारी गर्दै थप १३६ जनामा कोरोना संक्रमण देखिएको जनाएको हो । योसँगै गण्डकी प्रदेशमा कुल कोरोना संक्रमितको संख्या ८ हजार ४५७ पुगेको छ ।
निर्देशनालयका अनुसार पोखराको क्षयरोग उपचार केन्द्र, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लाइफ केयर एण्ड डायग्नोष्टिक प्रालिमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो ।
सबै संक्रमित कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका हुन्। आज पुष्टि भएका संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा व्यवस्थापन गर्ने काम भइरहेको बताइएको छ ।
गण्डकी प्रदेशमा आज बिहानै पनि ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’
स्वास्थ्यमन्त्री मेहताले स्वास्थ्य पत्रकारसँग किन मागिन एकाएक सुझाव ?
नेपाल क्यान्सर अस्पतालले एक अर्बको लगानी थप्दै
अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा सहकार्य