किन दिए वीर अस्पतालका १६ जना डाक्टरले सामूहिक राजीनामा ?
हेल्थ टिभी अनलाइन\ काठमाडौं : वीर अस्पतालका १६ जना डाक्टरहरुले सामूहिक राजीनामा दिएका छन्। अस्पतालको इमर्जेन्सी विभागमा कार्यरत १६ जना डाक्टरहरुले आज राजीनामा दिएका हुन्।
उनीहरुले अस्पतालले आफूहरुले लामो समयदेखि राख्दै आएको माग पूरा नगरेको र धम्की दिंदै ज्यालादारी भनेर आफू खुशी काममा खटाएको भन्दै सामूहिक राजीनामा दिन बाध्य भएको जनाएका छन्। उनीहरुले आज राजीनामा पत्र अस्पतालका निर्देशक डा केदार सेन्चुरीलाई बुझाएका हुन्।
सामूहिक राजीनामामा उनीहरुले आफूहरुले किन राजीनामा दिन परेको भन्ने उल्लेख गरेका छन्। पत्रमा अस्पतालले सातामा ९६ घण्टा काममा खटाउने गरेको, दसैंको भत्ता समेत नदिएको, तलब दिँदा एक दिनको पनि कटौती गरेर पठाएको उल्लेख छ। यसका साथै पत्रमा कोरोना महामारीका बेला स्वास्थ्य सुरक्षा सामग्री पनि प्रदान नगरी उपचारमा खटाउने गरेको जसले गर्दा आफूहरुलाई मानसिक तनाव हुने गरेको समेत उल्लेख छ । ज्यान जोखिममा राखेर काम गर्दा पनि अस्पताल प्रशासनले व्यवास्ता गरेको उनीहरुको आरोप छ ।
उनीहरुले यसबाट बिरामीमा पर्न जाने असुविधाको जिम्मेवारी अस्पतालले नै लिनुपर्ने समेत जनाएका छन्। उनीहरु १६ जना नै वीर अस्पतालको इमर्जेन्सी विभागका मेडिकल अधिकृत हुन्।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित