काठमाडौं उपत्यकामा थपिए १८७८ जना कोरोना संक्रमित

हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १८७८ जना कोरोना संक्रमित थपिएका छन।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज संक्रमण पुष्टि हुनेहरुमा काठमाडौंका १ हजार ५७०, भक्तपुरका ११९ र ललितपुरका १८९ जना रहेका छन्।
देशभर आज ३ हजार ३०९ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ८२ हजार ९२३ पुगेको छ ।
यसैगरी गत २४ घण्टामा ३ हजार ८४४ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख ४४ हजार ९११ पुगेको छ ।
कोरोना भाइरसको संत्रमणबाट आज देशभर ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज मृत्यु भएकासँगै नेपालमा आजसम्म कोरोना संक्रमण भएर ज्यान गुमाउनको संख्या १ हजार ३४ पुगेको मन्त्रालयले जनाएको छ ।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा