Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

भरतपुर अस्पतालमा ३९ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

भरतपुर अस्पतालमा ३९ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

हेल्थ टिभी अनलाइन \चितवन : भरतपुर अस्पतालमा थप एक जना महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

अस्पतालमा अनुसार चितवन जिल्ला राप्ती नगरपालिका १० बस्ने ३९ वर्षीया महिलाको आज बिहान मृत्यु भएको हो । कार्तिक १५ गते श्वासप्रश्वासमा समस्या भएर अस्पताल भर्ना भएकी उनमा १७ गते कोरोना पोजेटिभ देखिएको थियो ।

उनको स्वास्थ्य अवस्था बिग्रदै गएपछि आइसीयूमा राखेर उपचार गरिएको भए पनि आज बिहान ६: ५० बजे कोरोना भाइरसका कारण भएको कडा निमोनियाका कारण मृत्यु भएको अस्पतालले जनाएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार