बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ९ वर्षीया बालिका र ६१ वर्षीया संक्रमित महिलाको मृत्यु
हेल्थ टिभी अनलाइन\ धरान : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धरान र इटहरीका २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
यसरी कोरोनाबाट मृत्यु हुनेहरुमा इटहरी ६ की ९ वर्षीया बालीका र धरान १ की ६१ वर्षीया महिला रहेको प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठले बताएका छन् ।
श्रेष्ठका अनुसार धरान १ की ६१ वर्षीय महिलामा असोज ३० गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनलाई कार्तिक ५ गते प्रतिष्ठानको कोभिड आइसीयूमा भर्ना गरेर उपचार भइरहेकोमा आज बिहान ३ : १५ बजे मृत्यु भएको हो ।
यसैगरी कार्तिक १७ गते कोरोना सङ्क्रमण पुष्टि भएर १८ गते कोभिड आइसोलेसनमा भर्ना गरिएको इटहरीकी ९ वर्षीया बालिकाको पनि आज बिहान ३ : २५ बजे मृत्यु भएको श्रेष्ठले जनाएका छन्।
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’
स्वास्थ्यमन्त्री मेहताले स्वास्थ्य पत्रकारसँग किन मागिन एकाएक सुझाव ?
नेपाल क्यान्सर अस्पतालले एक अर्बको लगानी थप्दै
अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा सहकार्य