नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार नाघ्यो
२४ घण्टामा ३११४ संक्रमित थपिए

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २० जना कोरोना संक्रमितको मृत्यु भएसँगै संक्रमितको संख्या १ हजार ४ पुगेको हो । पछिल्लो २४ घण्टामा देशभर ३१ सय १४ जना कोरोना संक्रमित थपिएका छन्।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ७९ हजार ६१४ पुगेको छ ।आज ३१ सय ४२ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। उता देशभर हाल सक्रिय संक्रमितको संख्या ३७ हजार ४७६ रहेको छ । यसैगरी ३० हजार ६९४ जना होम आइसोलेसनमा रहेका छन्।
सिकिस्त भएर आइसीयूमा ३७२ जना संक्रमितको उपचार भइरहेको छ भने ६८ जना भेन्टिलेटरमा उपचाररत छन्।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा