देशभर रहेका ३७ हजार ५२४ सक्रिय संक्रमितमध्ये ८२ प्रतिशत भन्दा बढी होम आइसोलेसनमा

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा सोमबार साँझसम्म देशभर ३७ हजार ५२४ जना सक्रिय संक्रमित रहेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ती मध्ये ३० हजार ९२४ जना होम आइसोलेसनमा रहेका छन्। यसको मतलब देशभर रहेका संक्रमितमध्ये ८२ प्रतिशत भन्दा बढी होम आइसोलेसनमा बसेको पाइएको छ ।
मन्त्रालयका अनुसार प्रदेश १ मा ५हजार ८९७ जना होम आइसोलेसनमा रहेका छन्। यसैगरी प्रदेश नं २ मा १ हजार ४६ जना रहेका छन्। उता सबैभन्दा धेरै संक्रमित होम आइसोलेसनमा रहेको बाग्मती प्रदेश हो । बाग्मतीमा मात्रै १८ हजार २३३ जना संक्रमित होम आइसोलेसनमा रहेका छन्।
मन्त्रालयका अनुसार गण्डकीमा १३ सय ५९ र लुम्बिनी प्रदेशमा ३ हजार ८६ जना घरमै आइसोलेसनमा रहेका छन्। उता कर्णालीमा ४४९ र सुदूरपश्चिममा ८५४ जना होम आइसोलेसनमा रहेका मन्त्रालयले जनाएको छ ।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा