विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ लाख नाघ्यो

हेल्थ टिभी अनलाइन \काठमाडौं : विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ लाख नाघेको छ । वर्ल्डोमिटरका अनुसार सोमबार बिहानसम्म विश्वभर कोरोना संक्रमणबाट १२ लाख ५ हजार २०६ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
यसैगरी हालसम्म कोरोना संक्रमितको संख्या ४ करोड ६८ लाख १० हजार ३७५ पुगिसकेको जनाइएको छ । गत वर्षको डिसेम्बरमा चीनको वुहान शहरबाट शुरु भएको कोरोना भाइरसको सबैभन्दा बढी प्रभावित अमेरिका बनेको छ । अमेरिकामा मात्रै संक्रमितको संख्या ९४ लाख ७३ हजार ९११ पुगेको छ । उता कोरोना संक्रमणबाट अमेरिकामा २ लाख ३६ हजार ४७१ जनाको मृत्यु भएको छ ।
अमेरिकापछि भारतमा सबैभन्दा बढी कोरोना संक्रमित भेटिएका छन्। भारतमा अहिलेसम्म ८२ लाख २९ हजार ३२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ लाख २२ हजार ६४२ जनाले ज्यान गुमाएका छन्।
नेपालमा हालसम्म कोरोना संक्रमणबाट ९६० जनाको मृत्यु भएको छ । यसैगरी १ लाख ७३ हजार ५६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यी मध्ये १ लाख ३४ हजार ८४२ जना संक्रमणमुक्त भइसकेका छन्। हाल नेपालमा ३७ हजार ७६५ जना सक्रिय संक्रमित रहेका छन्।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा