२४ घण्टामा २३ जना कोरोना संक्रमितको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप २३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर थप २३ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९६० पुगेको छ ।
मन्त्रालयका अनुसार नेपालमा पछिल्लो समय कडा लक्षणसहितका संक्रमित फेला पर्न थालेपछि मृत्युदर पनि बढेको हो । देशभर हालसम्म ३७ हजार ७६५ जना सक्रिय संक्रमित रहेका छन्।
यसैगरी कोरोनाको आशंकामा २ हजार ३८६ जना क्वारेन्टाइनमा रहेका छन्।
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’
स्वास्थ्यमन्त्री मेहताले स्वास्थ्य पत्रकारसँग किन मागिन एकाएक सुझाव ?
नेपाल क्यान्सर अस्पतालले एक अर्बको लगानी थप्दै
अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा सहकार्य