थप २५०८ जनामा कोरोना संक्रमण पुष्टि
२४ घण्टामा थप १७ जना संक्रमितको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप २५०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर थप २५०८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ७० हजार ७४३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज मृत्यु भएकासहित नेपालमा हालसम्म ९२७ जना संक्रमितको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ५८४ रहेको छ । यसैगरी कोरोनाको आशंकामा २५ सय १० जना देशभरका विभिन्न क्वारेन्टाइनमा रहेका छन्। उता आज २२ सय ६४ जना कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’
स्वास्थ्यमन्त्री मेहताले स्वास्थ्य पत्रकारसँग किन मागिन एकाएक सुझाव ?
नेपाल क्यान्सर अस्पतालले एक अर्बको लगानी थप्दै
अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा सहकार्य