काठमाडौं उपत्यकामा थपिए १८८८ जना संक्रमित
हेल्थ टिभी अनलाइन\ काठमाडौं : काठमाडौं उपत्यकामा शुक्रबार थप १८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा थप १८८८ जनामा कोरोना पुष्टि भएको हो । यी मध्ये ७८१ जना महिला र ११ सय ७ जना पुरुष रहेका छन्।
यसरी संक्रमित हुनेहरुमा काठमाडौंका १५ सय ८ जना, भक्तपुरका १३१ जना र ललितपुरका २४९ जना रहेका छन्।
हाल काठमाडौंमा सक्रिय संक्रमितको संख्या १६ हजार २४२ रहेको छ । यसैगरी भक्तपुरमा ११ सय ६५ र ललितपुरमा २३ सय ४५ रहेको मन्त्रालयले जनाएको छ ।
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’
स्वास्थ्यमन्त्री मेहताले स्वास्थ्य पत्रकारसँग किन मागिन एकाएक सुझाव ?
नेपाल क्यान्सर अस्पतालले एक अर्बको लगानी थप्दै