थप ३५१७ जनामा कोरोना संक्रमण पुष्टि, ४ हजार ९६ जना डिस्चार्ज
२४ घण्टामा थप १६ संक्रमितको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा शुक्रबार थप ३५१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३५१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ६८ हजार २३५ पुगेको छ । यसैगरी गत २४ घण्टामा ४ हजार ९६ जना कोरोना संक्रमित कोरोना जितेर डिस्चार्ज भएका छन्। आज डिस्चार्ज भएकासँगै नेपालमा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख २८ हजार ९५८ पुगेको मन्त्रालयले जनाएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा थप १६ जना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट ९२० जनाको मृत्यु भएको छ ।
हाल देशभर ३८ हजार ३५७ जना सक्रिय संक्रमित रहेका छन्। २६ सय ६६ जना कोरोनाको आशंकामा क्वारेन्टाइमा रहेको मन्त्रालयले जनाएको छ ।
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो