आइसीयू चाहिने कोराना संक्रमितको संख्या बढ्दै
हेल्थ टिभी अनलाइन\ काठमाडौं : पछिल्लो समय देखिएका धेरै कोरोना संक्रमितमा कडा खालको लक्षण देखिएकाले आइसीयू चाहिने कोरोना संक्रमितको संख्या बढ्दो छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहिबार ४ बजेसम्म देशभर ३०४ जना कोराना संक्रमित आइसीयूमा उपचार गराइहरेका छन्।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लोपटक देखिएका संक्रमितमा श्वासप्रश्वासमा बढी समस्या देखिएको भन्दै सोही बमोजिम आइसीयूको बेड बढाइहरेको जनाए । उनले भने, ‘हामीले कुनै पनि संक्रमित आइसीयूमा बेड नपाएर ज्यान गुमाउन नपरोस भनेर नै बेड संख्या बढाइरहेका छौं ।’
उता देशभर ७६ जना सिकिस्त संक्रमित भेन्टिलेटरमा रहेका छन्। मन्त्रालयका अनुसार प्रदेश १ मा ३६ जना संक्रमित आइसीयू र १० जना भेन्टिलेटरमा उपाररत छन्। यसैगरी प्रदेश २ मा १३ जना आइसीयू र २ जना भेन्टिलेटरमा छन्। उता बाग्मती प्रदेशमा १८४ जना आइसीयूमा र ५७ जना भेनिटलेटरमा छन्। गण्डकी प्रदेशमा १३ जना आइसीयू र २ जना भेन्टिलेटरमा रहेको बताइएको छ । लुम्बिनी प्रदेशमा ४९ जना आइसीयू र ५ जना भेन्टिलेटरमा रहेका छन्। उता कर्णली र सुदूरपश्चिममा भने भेन्टिलेटरमा संक्रमित छैनन् आइसीयूमा क्रमस ४ र ५ जना रहेका छन्।
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’
स्वास्थ्यमन्त्री मेहताले स्वास्थ्य पत्रकारसँग किन मागिन एकाएक सुझाव ?
नेपाल क्यान्सर अस्पतालले एक अर्बको लगानी थप्दै