थप २३६४ जनामा कोरोना संक्रमण, १७ जनाको मृत्यु

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप २३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप २३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ६४ हजार ७१८ पुगेको छ ।
यसैगरी गत २४ घण्टामा थप १७ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । योसँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९०४ पुगेको मन्त्रलयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उता आज जना ३ हजार ३८ जना संक्रमित कोरोना जितेर डिस्चार्ज भएका छन्। हाल देशभर ३८ हजार ९५२ जना सक्रिय संक्रमित रहेका छन्।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा