थप २३६४ जनामा कोरोना संक्रमण, १७ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप २३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप २३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ६४ हजार ७१८ पुगेको छ ।
यसैगरी गत २४ घण्टामा थप १७ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । योसँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९०४ पुगेको मन्त्रलयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उता आज जना ३ हजार ३८ जना संक्रमित कोरोना जितेर डिस्चार्ज भएका छन्। हाल देशभर ३८ हजार ९५२ जना सक्रिय संक्रमित रहेका छन्।
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’
स्वास्थ्यमन्त्री मेहताले स्वास्थ्य पत्रकारसँग किन मागिन एकाएक सुझाव ?