थप १९५४ जनामा कोरोना संक्रमण पुष्टि
२४ घण्टामा ११ जना संक्रमितको मृत्यु

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप १९ सय ५४ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर थप १९५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ६२ हजार ३५४ पुगेको छ । यसैगरी गत २४ घण्टामा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएसँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८८७ पुगेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा २९ सय ८१ जना संक्रमित कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख २१ हजार ८२४ पुगेको छ । हाल देशभर ३९ हजार ६४३ जना सक्रिय संक्रमित रहेका छन्।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा