२४ घण्टामा जम्मा २७२५ जनाको पीसीआर परीक्षण, ५७० जनामा कोरोना पुष्टि

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप ५७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार आज देशभर २७२५ जनाको पीसीआर परीक्षण गरिएकोमा ५७० जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ६० हजार ४ सय पुगेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आज मृत्यु भएकासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८७६ पुगेको छ । उता गत २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३१ सय ६८ रहेको छ ।
हाल देशभर ४० हजार ६८१ जना सक्रिय संक्रमित रहेका छन्।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा