अञ्चल अस्पतालमा भाइरल ज्वरोका बिरामीकाे चाप
बुटवल : माैसम अस्थिर भएसँगै रूपन्देहीका विभिन्न स्थानमा भाइरल ज्वरोका बिरामी बढेका छन्। केही दिनयता जिल्लाका विभिन्न स्थानमा छिनमै पानी आउने र तुरुन्तै घाम लाग्ने मौसम भएसँगै भाइरल ज्वरोका बिरामी बढेका हुन्।
चिकित्सक डा. राजेन्द्र क्षत्रीका अनुसार लुम्बिनी अञ्चल अस्पताल बुटवलमा अहिले दैनिक एक हजार बढी बिरामी उपचारका लागि आउने गरेका छन्। विगत केही दिनदेखि बिरामीको चाप बढेपछि अस्पतालमा शय्याको समेत अभाव भएको छ जसका कारण बिरामी भुइँमा बसेर उपचार गराउँछन्।
अस्पतालले जिल्लाका विभिन्न स्थानबाट भाइरल ज्वरोका बिरामी उपचारका लागि आउने गरेको जनाएको छ। अस्पतालका सूचना अधिकृत लक्ष्मीराज रेग्मीले टाउको दुख्ने, ज्वरो आउने र शरीर दुख्ने तथा खोकीका बिरामी उपचारका लागि आउने गरेको बताए
बुटवलकै सिद्धार्थ बाल तथा महिला अस्पतालमा पनि भाइरल ज्वरोका बिरामी बढेका छन्। यस्तै रूपन्देहीका ग्रामीण क्षेत्रमा समेत भाइरल ज्वरोको सङ्क्रमण बढेका कारण ती क्षेत्रमा रहेका स्वास्थ्य केन्द्रमा समेत भाइरल ज्वरोका बिरामी उपचारका लागि आउने गरेका छन्।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’