बेल्जियममा संक्रमण बढेपछि संक्रमित डाक्टरले पनि पाउन छाडे छुट्टी
बेल्जियमको पूर्वी सहरमा तीनमध्ये एकजनालाई कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन : कोरोनाभाइरसबाट सङ्क्रमित हुने र अस्पताल भर्ना हुने बिरामीको सङख्या बढिरहेका बेला बेल्जियमको लियज सहरका चिकित्सकहरूलाई उनीहरू आफैँ सङ्क्रमित भए पनि काम गर्न भनिएको छ।
उक्त सहरका करिब एक चौथाइ स्वास्थ्यकर्मीहरू कोभिड १९ का कारण बिरामी भएका छन्। अहिले १० वटा अस्पतालहरूले कोरोनाभाइरसबाट सङ्क्रमित तर लक्षण नभएका चिकित्सकहरूलाई काम गर्न अनुरोध गरेका छन्। बेल्जियमको चिकित्सक सङ्घका प्रमुखले अस्पतालको प्रणालीलाई जोगाइ राख्न सङ्क्रमित चिकित्सकलाई बोलाउनुको विकल्प नभएको बताए। डा फिलिप डेभोसले चिकित्सकबाटै बिरामीमा भाइरस सर्ने अकाट्य खतरा रहेको स्वीकार गरे।
बेल्जियमको पूर्वी सहरमा तीनमध्ये एकजनालाई कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ।अस्पतालहरूले बिरामीलाई अन्यत्र सारिरहेका छन् र अत्यावश्यकीय बाहेकका शल्यक्रियाहरू रोकेका छन्। स्वास्थ्य मन्त्री फ्र्याङक भ्यान्डेनब्रुकाले यसअघि नै देशमा ुसङक्रमणको बाढी देखिन लागेकोु भन्दै सचेत गराएका थिए।
युरोपभरका सरकारहरूले कोरोनाभाइरस सङ्क्रमणको नयाँ लहरको सामना गरिरहेका छन्। सोमवार एउटा पत्रकार सम्मेलनमा विश्व स्वास्थ्य सङ्गठनका अधिकारीहरूले यात्रा प्रतिबन्ध लगाउन, मानिसहरूलाई घरमै बस्ने आदेश दिन वा आवश्यक परे देशव्यापी लकडाउन नै गर्न पनि युरोपभरका देशहरूलाई सुझाएका थिए।
बीबीसी :
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा