जनस्वास्थ्यका मापदण्ड पालना गर्दै दसैंको टीका लगाउन विज्ञहरुको आग्रह
हेल्थ टिभी अनलाइन \काठमाडौं : आज दसैंको मुख्य दिन अर्थात मान्यजनबाट टीका र जमरा र आर्शिवाद लिने दिन हो । तर यसपालीको दसैं पहिलेका दसैं भन्दा फरक छ । कोरोना महामारीका कारण दसैंमा सबै जम्मा हुनु उच्च जोखिमपूर्ण हुने भन्दै विज्ञहरुले बढी भिडभाड नगर्न र जो जहाँ छ त्यही बसेर चाड मनाउन आग्रह गरेका छन्।
त्यसो त सरकारले ‘आर्शिवाद बचाऔँ’ भन्ने अभियान स्वरुप बुढाबुढी भएका व्यक्हिरुलाई नजिक गएर जोखिममा नपार्न आग्रह नै गर्दै आएको छ । कोरोना महामारीमा शुरुका दिनदेखि खटिएका टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा अनुप बास्तोलाले दसैंमा सावधानी अपनाउन आग्रह गरेका छन्, उनले घरमा भएका जेष्ठ नागरिकसँग टिका थाप्दा दूरी कायम गर्न, मास्कको प्रयोग गर्न र हात धुने काम नबिर्सन आग्रह गरे ।
उता भर्खर मात्रै संक्रमण मुक्त भएकी प्रधानमन्त्रीकी निजी चिकित्सक डा दिव्या सिंह शाहले पनि यो दसैंमा बुढाबुढी भएका बाबु -आमा, हजुरबुवा हजुरआमालाई कोरोना महामारी जोगाउने दायित्व हाम्रै भएको भन्दै सकेसम्म यसपाली टाढैबाट आर्शिवाद लिनुपर्नेमा जोड दिइन्।
जेष्ठ नागरिक रोग विशेषज्ञ डा रमेश कँडेलले त शुरुका दिनदेखि उमेर पुगेको वृद्ध वृद्धालाई कोरोनाबाट जोगाउन नसके नेपालमा मृत्युदर ह्वात्तै बढ्ने भन्दै सरकारलाई र सर्वसाधारणलाई आग्रह गर्दै आएका छन्। उनले बुढाबुढीमा पहिले देखि नै अनेक दीर्घरोग हुने भएकाले कोरोना भाइरस संक्रमणको जोखिम उच्च भएर जाने बताए । त्यसैले उनले भने जो जहाँ छौं त्यहींबाट आशिंवाद लिऔँ ।
उता प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले दसैंको शुभकामना दिंदै कोरोना महामारीका कारण जनस्वास्थ्यका मापदण्ड पालना गर्न दसैं मनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित