मध्यपश्चिम क्षेत्रीय अस्पतालमा सिटीस्क्यान सेवा शुरु

सुर्खेत : मध्यपश्चिम क्षेत्रीय अस्पताल कालागाउँमा सिटीस्क्यान सेवा शुरु भएको छ। लामो समयदेखि यहाँका नागरिक सिटीस्क्यान सेवाबाट वञ्चित रहेका थिए ।
संघीय सरकारको सहयोगमा सिटीस्क्यानका लागि अस्पताललाई तीन करोड ५० लाखको उपकरण प्राप्त भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.डम्बर खड्काले जानकारी दिए। बिरामीले निजी अस्पतालभन्दा ५० प्रतिशत सहुलियतमा याे सेवा पाउने उनले बताए। ‘अब महँगो शुल्क तिरेर जटिल खालका रोगको उपचारका लागि बाहिर धाउनुपर्ने छैन’, उनले भने।
डा.खड्काका अनुसार तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाको कार्यकालमा सिटीस्क्यान सेवाका लागि पहल गरिएको थियो।
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने