शनिबार थपिए २२२५ कोरोना संक्रमित, १३ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन\काठमाडौं : नेपालमा थप २२ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप २२ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै हालसम्म नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ५५ हजार २३३ जना पुगेको छ ।
यसैगरी गत २४ घण्टामा थप १३ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८४२ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ४६ हजार ५७ पुगेको छ भने १ लाख ८ हजार ३३४ जना संक्रमित कोरोना जितेर निको भएका छन्। शनिबारसम्म क्वारेन्टाइनमा रहनेको संख्या ३ हजार ३२२ रहेको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित