काठमाडौंका आधा भन्दा बढी कोरोना संक्रमित होम आइसोलेसनमा
हेल्थ टिभी अनलाइन \काठमाडौं : ‘कोरोना हटस्पट’ काठमाडौंका आधा भन्दा बढी कोरोना संक्रमित होम आइसोलेसनमा रहेको पाइएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २० हजार १९६ जना सक्रिय संक्रमित रहेकोमा आधा भन्दा बढी संक्रमित होम आइसोलेसनमा रहेका छन्। मन्त्रालयका अनुसार २० हजार १९६ सक्रिय संक्रमितमध्ये हाल १० हजार ५०१ कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन्।
काठमाडौंमा हालसम्म ५४ हजार २४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १८६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ । यसैगरी ३३ हजार ८६३ जना कोरोना संक्रमित भएर पनि यसलाई जितिसकेका छन्।
सरकारले लक्षण नभएका कोरोना संक्रमितलाई अस्पताल नजान भन्दै घरमै आराम गर्न आग्रह गरेसँगै अस्पतालले समेत लक्षण नभएका बिरामीलाई भर्ना लिन छाडेका छन्। जसका कारण उनीहरु घरमै बस्न बाध्य भएका छन्। कतिपय संक्रमितलाई घरमा अप्ठेरो भएर अन्तिम अवस्थामा अस्पताल जाँदा ज्यान समेत जाने गरेको घटना बाहिर आइरहेका छन्।
सरकारले सामान्य लक्षण भएका संक्रमित अस्पतामा भर्ना हुँदा जटिल अवस्थामा पुगेको संक्रमितले बेड नपाएको भन्दै यस्तो निर्णय गरेको थियो ।
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै