Health TV Online
Health TV Online
Health TV Online

आज थप ४ हजार ४९९ जनामा कोरोना संक्रमण पुष्टि

२४ घण्टामा १७ जना संक्रमितको मृत्यु

आज थप ४ हजार ४९९ जनामा कोरोना संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप ४४९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा थप४४९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको छ ।

यसैगरी गत २४ घण्टामा थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८२९ पुगेको छ । आज कोरोना जितेर २६६८ जना डिस्चार्ज भएका छन्। आज डिस्तार्ज भएकासँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख ५ हजार ४८८ पुगेको मन्त्रालयले जनाएको छ ।

हाल देशभर ४६ हजार ६९१जना सक्रिय संक्रमित रहेका छन्। यसैगरी३ हजार५९० जना कोरोनाको आशंकामा क्वारेन्टाइनमा रहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना