Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

होम आइसोलेसनमा रहेका ५७ वर्षीय संक्रमितको मृत्यु

होम आइसोलेसनमा रहेका ५७ वर्षीय संक्रमितको मृत्यु

हेल्थ टिभी अनलाइन \चितवन : कोरोना संक्रमण भएर होम आइसोलेसनमा बसेका थप एक जनाको मृत्यु भएको छ ।

चितवनको भरतपुर महानगरपालिका ७ का ५७ वर्षीय पुरुषको बिहिबार राती मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ । असोज २६ गते कोरोना संक्रमण पुष्टि भएका उनमा सामान्य लक्षण देखिएकाले चिकित्सकले घरमै बस्न सल्लाह दिएको बताइएको छ । हिजो एक्कासी श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल लगिएको भए पनि उनको उपचारकै क्रममा मृत्यु भएको हो । अस्पतालले सिभियर कोभिड १९ र निमोनियाका कारण उनको मृत्यु भएको जनाएको छ ।

पछिल्लो समय होम आइसोलेसनमा रहेको संक्रमितको एक पछि अर्को गर्दै मृत्यु हुन थालेको छ । सामान्य लक्षण देखिंदा अस्पताल नजाने र कडा लक्षण देखिने बेलासम्म संक्रमितको फोक्सो लगायतका अंगमा धेरै नै क्षति पुगिसकेको हुने चिकित्सकहरुले बताएका छन्।

सरकारले सामान्य लक्षण देखिएका संक्रमितलाई होम आइसोलेसनमा बस्न आग्रह गर्दै आएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार