Health TV Online
Health TV Online
Health TV Online

भरतपुर अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीलाई कोरोना संक्रमण

भरतपुर अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीलाई कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन \चितवन : चितवनको भरतपुर अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा कोरोना संक्रमणको महामारी शुरु भएदेखि नै प्रत्यक्ष रुपमा अग्रपंतिमा खटिएका डा अधिकारीमा कोरोना संक्रमण देखिएको भरतपुर अस्पतालले आफनो आधिकारीक फेसबुक पेजबाट जानकारी दिएको हो ।

डा अधिकारीमा आजै संक्रमण पुष्टि भएको हो । उनमा सामान्य लक्षण देखिएको र हाल होम आइसोलेसनमा रहेको पनि जनाइएको छ । त्यसो त यसअघिका भरतपुर अस्पतालका मेडिकल सुरपरिटेन्डेन्ट लगायत दर्जनौं डाक्टर तथा स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएर धेरै जना निको समेत भइसकेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना