Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

काठमाडौं उपत्यकामा थप १५५२ जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यकामा थप १५५२ जनामा कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा आज थप १५५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा उपत्यकामा थप १५५२ जनामा कोरोना पुष्टि भएको हो ।

आज देशभर ३६३७ जना कोरोना संक्रमित थपिंदा काठमाडौं उपत्यकामा मात्रै १५५२ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

यसैगरी गत २४ घण्टामा थप २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८१२ पुगेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार