Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

३३ वर्षीया गर्भवती महिलाको कोरोना संक्रमणबाट मृत्यु

३३ वर्षीया गर्भवती महिलाको कोरोना संक्रमणबाट मृत्यु

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप एक जना गर्भवती महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

तनहुँ जिल्ला शुक्लगण्डकी घर भई हाल हेटौंडा  बस्ने ३३ वर्षीया महिलाको आज बिहान कोरोना संक्रमणका कारण मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार उनी ३७ हप्ताकी गर्भवती थिइन्। असोज ३० गते श्वासप्रश्वासमा समस्या भएपछि भरतपुर अस्पताल भर्ना भएकी उनमा कोरोनाको आशंकामा परीक्षण गर्दा सोही दिन रिपोर्ट पोजेटिभ आएको थियो ।

उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि कोभिड आइसीयूमा राखे उपचार भइरहेकोमा आज बिहीबार बिहान ६ :१५ बजे उनको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

यसभन्दा अघि पनि  बारामा २४ वर्षीया गर्भवतीले कोरोना संक्रमणका कारण ज्यान गुमाएकी थिइन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि