दशैंमा पनि कोरोना अस्पताल र प्रयोगशाला सञ्चालन हुने
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले दशैंको बिदाका दिनमा पनि कोरोना परीक्षण तथा उपचार सेवा सूचारु हुने जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दशैंका बेलामा पनि कोरोना संक्रमितको उपचार र परीक्षण सेवामा अवरोध नहुने बताए । डा गौतमले बुधबारको मिडिया ब्रिफिङमा कोरोना संक्रमितको संख्या बढिरहेकोले यो बेला पनि परीक्षण र उपचार सेवा आवश्यकता अनुसार सञ्चालन गर्ने गरी व्यवस्था मिलाइएको जानकारी दिए।
दशैंमा कोरोना संक्रमणको जोखिम बढी हुने भएकाले जो जहाँ छ त्यहीं बसेर यसपालीको दशैं मनाउन सरकारले आग्रह गर्दै आएको छ ।
आज मात्रै देशभर ५ हजार ७४३ जना नयाँ कोरोना संक्रमित थपिएका थिए । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ४४ हजार ८७२ पुगेको छ । यसैगरी हाल देशभर ४४ हजार ४७६ जना सक्रिय संक्रमित रहेका छन्।
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’
स्वास्थ्यमन्त्री मेहताले स्वास्थ्य पत्रकारसँग किन मागिन एकाएक सुझाव ?