२४ घण्टामा थप ८ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ७६५ पुग्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज थप ८ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएको बताए । योसँगै नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७६५ पुगेको छ । मन्त्रालयका अनुसार नेपालमा कुल कोरोना संक्रमितमध्ये मृत्युदर शुन्य दशमलब ५५ प्रतिशत मात्र रहेको छ ।
हाल देशभर कुल कोरोना संक्रमितको संख्या १ लाख ३९ हजार १२९ पुगेको छ । यी मध्ये ९६ हजार ६०९ जना कोरोना संक्रमणमुक्त भएका छन भने ४१ हजार ७५५ जना सक्रिय संक्रमित रहेका छन । उनीहरु संस्थागत र होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?
आजदेखि सात जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाइँदै
दीर्घ जीवनका लागि रिस त्याग्नुहोस्, शान्त रहनुहोस
बसाइ नमिल्दा ढाड दुख्ने समस्या !
काठमाडौंमा १७ जना औंलोको बिरामी, सबै आयातित