नमूना तयार नहुँदा महानगरमा बनेनन् शाैचालय
काठमाडाैं : सार्वजनिक शौचालय निर्माणका लागि नमूना तयार गर्न नसक्दा काठमाडौँ महानगरपालिकाले निर्माण कार्यल अगाडि बढाउन सकेको छैन।
अघिल्लो आर्थिक वर्षमा नै शौचालय निर्माणको काम अन्तिम चरणमा पुगेको भन्दै आएको महानगरपालिकाले पछिल्लो पटक गत साउन १ गतेदेखि काम शुरु गर्ने जनाएको थियो । कामपाको निजी साझेदारी एकाइका प्रमुख महेश काफ्लेका अनुसार चालु आर्थिक वर्षको पहिलाे महिनामै १० स्थानमा काम शुरु गर्ने योजना भए पनि शौचालयको नमूना तयार गर्न नसक्दा काम अघि बढ्न नसकेको हाे।
‘एउटा शौचालयको निर्माण लागत १० लाख लाग्ने अनुमान छ। तर निर्माण गर्छु भनेर आउने कम्पनीले न्यूनतम १५ लाख सम्मको लागत लाग्ने ल्याएका छन्, काफ्लेले भने ‘नमूना हामीले भनेको जस्तो नभएका कारण काम अघि बढ्न नसकेको हो।’
महानगरले भने जस्तो शौचालय निर्माण गर्न कम्तीमा चार महिना लाग्नेछ । पहिलो चरणमा निर्माण हुने शौचालयको प्रभावकारिता र अन्य स्थानको आवश्यकता हेरि थप स्थानमा आवश्यक शौचालय निर्माण गर्ने योजना रहेको कामपाले जनाएको छ ।
गत वर्ष नै सडक विभागले काठमाडौँ सडक आसपासका विभिन्न ४२ स्थानमा सार्वजनिक शौचालय निर्माण गर्न कामपालाई अनुमति दिइसकेको छ।




किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण